Bisanter shakya

नेपालको धर्म संस्कृति, परम्परामा राजाहरुको आस्था ,लगाब तथा यसको संरक्षणमा सदैब राजाको मात्र चिन्ता हुन्छ भन्ने कुरा नेवार समुदायको विशिष्ट तथा विश्व प्रशिद्ध पचली भैरबको मुर्ति ( गाग्रीमा भैरबको मुर्ति) निर्माण गरिबक्सेर देखाई बक्सेकोछ । प्रत्येक १२ बर्षमा पचली भैरब र राजा बिच खड्ग सात्नु पर्ने सदियौं देखि परम्परा समेत रहेको पचली  भैरबको मुर्ति पुरानो भई जिर्ण भएकोले राजा ज्ञानेन्द्रबाट ३० लाख रपैया खर्च गरि नयाँ मुर्ति निर्माण गराइक्सेर सम्पूर्ण नेवार समुदायको मात्र होइन अपितु समग्र धर्म,संस्कृति र परम्पराको समेत जर्गेना गरिबक्सेको छ । त्यो पनि देशमा राजतन्त्रलाई कमजोर बनाएर देशलाई गणतन्त्र घोषणा गरि राज्य चलाइरहेको समयमा । राजाले मेरो गद्दी छिने भनेर कुनै वैरभाव नराखी आफुले गर्नु पर्ने कर्तब्य हो । यो नेपालको धर्म संस्कृति र परम्परको संरक्षण गर्नु पर्दछ । यसलाई मास्न दिनु  हुँदैन भनेर जतिसुकै मुल्य परे पनि त्यसको कुनै परवाह नगरि काम गर्नु भनेको एउटा सच्चा र निस्वार्थ राजा बाहेक अरुले गर्ने सक्दैन ।
यति मात्र होइन ,राजा ज्ञानेन्द्रबाट जनताकोलागी, जनताको इच्छा र आदेश अनुसार भन्दै भगवान श्री रामले राजपात त्याग गरे झैं हाँसी हाँसी राजगद्दी परित्याग गरीबक्सेर विश्व इतिहास मै महान र त्यागी राजाको रुपमा परिचित भएका थिए । यस्ता त्यागी, धार्मिक राजालाई कमजोर बनाएकोले आज मुलुक पनि कमजोर बन्दै गएको छ । नेपालको धर्मसंस्कृति परम्परा जति पुरानो छ राजा, राजसंस्था र धर्मको सम्बन्ध पनि उत्तिकै पुरानो रहेको छ ।   राजा र धर्म संस्कृति परम्परा एक आपसका परिपुरकका रुपमा रहेको छ । राजा र धर्मको सम्बन्ध नंङ र मासुको सम्बन्ध झै रहेको छ । त्यसैले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकाको बिजय पछि नेवार समुदाय त्रसित भएर बाहिर ननिस्किरहेको समयमा नेवार समुदायका अगुवालाई दरवार बोलाए किन धरबाट बाहिर नआएको भनेर सोद्धा अगुवाले मार्छ कि भन्ने डरले भनी जवाफ दिए । राजाले ल भन तिमीहरु के चाहन्छौं र मैले के गर्नु पर्छ भनेर सोधे । अगुवाहरुले भने हाम्रो धर्म संस्कृतिको रक्षा होस त्यसलाई नमासियोस भन्दा राजाले तिमीहरुले चिन्ता लिनु पर्दैन म धर्मसंस्कृतिको संरक्षण गर्ने छु भन्दै कुमारीको हातबाट टिका थापेर बडामहाराजाधिराजले राज्य संचालन गरे । जुन अहिले सम्म निरन्तर चलिरहेको नै छ । यसरी राजा र धर्म बिचको सम्बन्ध आज २६० बर्ष बितिसक्दा पनि निरन्तरता रही रहनु भनेको राजाको धर्मप्रति लगाव, आस्था यसप्रति सर्मपण नै हो । पुर्खाको आस्था, लगाव र सर्मपणलाई वर्तमान राजा ज्ञानेन्द्रबाट पनि निरन्तरता दिइबक्सेको नै छ ।  आज मिडियामा आएकोले गर्दा राजा ज्ञानेन्द्रबाट पचली भैरबको मुर्ति निर्माण गरिबक्सेको भनेर थाहा पाए ।
मिडियामा  कुनै प्रचार नगरिकन  पनि हरेक आवश्यकता परेका मठमन्दिर निर्माणमा राजाबाट सहयोग र साथ दिइबक्सीरहेको छ भन्ने  कुरा त भद्रकाली मन्दिर, नक्साल भगवति, मरु गणेश, मछिन्द्रबहाल, रक्तकाली, शंकताको १२ बर्षे मेला जस्ता सर्यौ मठमन्दिरको पुननिर्माण तथा जात्रालाई  संचालन र संरक्षण गर्न चुपचाप आफ्नो कर्तब्य ठान्दै राजधर्मलाई निवार्ह गरिबक्सिरहेको छ ।  यसरी आफ्नो राजापाटलाई त्याग गरिसकेपछि पनि आफ्नो राजकीय धर्मलाई निरन्तरता दिनु सजिलो काम पक्कै होइन । त्यसमा पनि स्व. राजा बीरेन्द्रको नाउँमा रहेको जग्गा जमिन, शेयर, दरवार, बैक खाता सबै ट्रष्ट खोलेर गणतन्त्रवादी सरकारले लिएका छन् । स्व. राजा बीरेन्द्रको सम्पत्ति मात्रले नपुगेर गणतन्त्रवादीले नारायणहिटी दरवार त लिए लिए, त्यसको साथै, हिमाल र बसन्त सरकारको काजकृया बापट राजालाई प्राप्त भएको ताहाचलको घर, नेशनल ट्रेडिङ अगाडीको घर, कमलादी कम्प्लेक्स, महेन्द्र सरकारबाट आफ्नो रानी रत्नको नाउँमा बनाइ दिएको रत्नमन्दिर लिए त अहिले  राजा ज्ञानेन्द्रबाट छोरीलाई दाइजो रुपमा दिइएको अधिराजकुमारी प्रेरणाको घर समेत लिने प्रयत्नमा रहेको छ । यतिले पनि नपुगेर राजाको बैक खाता पनि रोक्का गरिराखेको अवस्था छ ।   यसरी सबैतिरबाट गणतन्त्रवादीहरुबाट आक्रमित  र पिडित भइरहेको समयमा पनि राजाबाट आफ्नो पीडालाई बिर्सदै जनताको चाहना र धर्म संस्कृतिको संरक्षणकोलागी भन्दै आफ्नो कर्तब्य पुरा गर्ने राजा ज्ञानेन्द्र जस्तो पाउनु सबै नेपालीहरुकोलागी अहोभाग्य नै हो । तर हिरालाई चिन्न नसक्ने र काँचलाई हिरा सम्झिने हामी नेपाली जनताको आफ्नै स्वभाले गर्दा दुख पाउन बाध्य भएका छौं र दुख पाइरहेको छौं ।
यसरी राजाले आफ्नो र पुर्खाको परम्परालाई निरन्तरता दिइरहँदा पनि कहिल्यै पनि राजाले शासनसत्ता चाहियो भनेर भनेन बरु उल्टै जनताको चाहना अनुसार म चल्ने छु । म बाँचुन्जेल यो देश र जनताको सेवा गर्नेछु भनेर कुनै राजनीतिक कार्य नगरि आफ्नो कर्तब्यलाई पालन गरिरहनु भएको छ। यसरी सहनता, देशभक्ति, धर्मसंस्कृति र जनताको प्रति अपार माया र स्नेह राख्ने राजा ज्ञानेन्द्र हामीलाई चाहिएको छ । यो देशलाई आवश्यकता छ । बिशेषत नेवार समुदायमा नै सबैभन्दा बढी धर्म, संस्कृति र परम्पराको खानी रहेको छ । गणतन्त्रको उदयसंगै राजालाई त कमजोर बनाए बनाए साथै नेवार समुदायको धर्म, परम्परा र संस्कृतिलाई पनि कमजोर समाप्त पार्ने कार्य तिब्र रुपमा बढी  रहेको छ ।  राजतन्त्रात्मक मुलुकलाई गणतन्त्रात्मक बनाउने बित्तिकै इन्द्रजात्रा बन्द गर्ने दुस्साहास समेत गरे । जसकोलागी नेवार समुदायले कयौ दिन सडक संघर्ष नै गर्नु पर्यो । के राजाको समयमा यस्तो घटना कहिल्यै भएको थियो ? छैन । किनकी राजाको समयमा कसैले पनि धर्म संस्कृति माथि आक्रमण गर्ने आँट नै थिएन । आज राजा नहुने बित्तिकै आँट गरे ।
आज ललितपुरको प्रशिद्ध कार्तिक नाच, अष्टमातृका नाच, भक्तपुरको पुलुकिसि नाचहरु आर्थिक अभावले बन्द हुने स्थितिमा पुगी सकेको छ । यो त ठुलो र चर्चित परम्परा भएकोले थाहा पाए तर चर्चामा नआएका तर नेवार समुदायको महान परम्परागत र सांस्कृतिक कार्यहरु कति बन्द  भए त्यसको त लेखाजोखा नै छैन ।  राजा जब शक्तिशाली थिए नेवार समुदाय पनि शक्तिशाली नै थिए तर जब राजा कमजोर भए नेवार समुदाय  र नेवार समुदायको धर्म, संस्कृति परम्परा पनि क्रमश कमजोर भन्दै गए । तसर्थ नेवार समुदायले आफ्नो धर्म संस्कृति, परम्परा र  पहिचानलाई बचाउने हो भने राजालाई पुन गद्दीमा राख्नु नै पर्छ । होइन भने यस्तै क्रम रहने हो भने राजा त गद्दी विहिन मात्र हुन्छ नेवार समुदाय त धर्म संस्कृति,परम्परा मात्र होइन आफ्नो अस्तित्व नै विहिन हुने अवस्था छिट्टै आउनेछ । किनकी स्थानीय समुदायको धर्म संस्कृतिमा अन्य समुदाय हावी भए भने उनीहरुले आफ्नो परम्परा र धर्मसंस्कृतिलाई महत्व दिन्छ स्थानीय धर्म संस्कृतिलाई महत्व दिदैन । तर राजाको कुनै धर्म संस्कृति हुँदैन सबै नेपालीको धर्म संस्कृति नै राजाको धर्म संस्कृति हुने भएकोले प्रत्येक समुदायको धर्म संस्कृतिको रक्षा राजाले मात्र गर्दछ र गरिरहेको पनि थियो र छ पनि । त्यसैले         राजा सबैको साझा भनिएको हो राजालाई अभिभावक भनिएको हो । त्यसैले राजा चाहिएको हो ।
जसको ताजा उदाहरण नेवार समुदायलाई कमजोर बनाउँदै लगेका गणतन्त्रवादीहरुले सबै नेपालीहरुको आस्थाका केन्द्र बिन्दु रहेको हिन्दुहरुको महान तथा पवित्र तिर्थस्थल पशुपतिनाथ मन्दिरमा समेत पुजारी फेर्ने निहुँमा पशुपतिनाथ मन्दिरको  परम्परा र संस्कृतिलाई समाप्त गर्ने षढयन्त्र गरे यसको विरुद्ध पनि नेपाली जनता सडकमा संर्घष गर्नु पर्यो । भनिन्छ कुनै पनि देशलाई समाप्त गर्ने हो भने त्यस देशको पहिचानलाई समाप्त गर्नु पर्छ । यसै भनाईलाई अनुशरण गर्दै गणतन्त्रवादीले नेपाल र नेपालीको पहिचान धर्म, संस्कृति परम्परालाई समाप्त गर्ने प्रयास दिनपरदिन गर्दैछ । किनकी यी गणतन्त्रवादीलाई न त देशको माया न त देशको पहिचान बस उनीहरुलाई सत्ता र भत्ता मात्र चाहिएको छ । त्यसकोलागी जे पनि गर्न तयार छन् भन्ने कुरा माथि उल्लेखित कुराले नै स्पष्ट गरिसकेको छ ।  राजा ज्ञानेन्द्रबाट अहिले जति पनि धार्मिक कार्यलाई निरन्तरता दिइबक्सिरहेको छ, त्यो कुनै राजनीतिक स्वार्थकोलागी होइन किनकी राजनीतिक स्वार्थकोलागी भए राजाले मठमन्दिरमा होइन, दलहरुले झैं गुण्डा पाल्ने, जनतामा भ्रमको खेति गर्ने , समाजमा फुट गर्ने , दलहरुको बदनाम गर्ने, तथा विदेशी शक्तिहरुसंग दल झैं लम्पसार पर्ने काम गर्थे होला । तर राजाले त्यसो गरेनन बरु चुपचाप सामान्य नागरिक भै जीवन बिताइरहे ।  तसर्थ राजाको सदैब स्वार्थ र चाहना भनेको आफु राजा रहे पनि नरहे पनि देश र जनताको सुखदुखमा साथ, धर्म संस्कृति तथा परम्पराको संरक्षण गर्नकोलागी मात्र हुदोरहेछ भन्ने कुरा राजाबाट विभिन्न समयमा काठमाडौं बाहिर गएर मठमन्दिरको पुजा अर्चना मात्र होइन त्यसको संरक्षणकोलागी आर्थिक सहयोग गर्नु, जनताको दुखमा साथ दिनु , जनताको दुख एवं पिरमर्का बुझ्नु र सोही अनुरुप सहयोग गर्नु रहेको छ भन्ने कुरा त भुकम्पमा गणतन्त्रवादीहरुको अवरोध   हुँदा हुँदै   पनि  आफु स्वंय नै उपस्थित भएर राहतको सामाग्री वितरण गर्नु र हिमानी ट्रष्ट मार्फत निरन्तर सेवा गरीरहेको कार्यले पनि सिद्ध गरिसकेको छ । यसरी जनताको प्रत्येक पलपलमा साथ दिने राजा हाम्रो आवश्यकता र माग हो । राजालाई राजा बन्नु भन्दा पनि यो देशलाई बचाउन र  नेपाल र नेपालीको पहिचान यसको धर्मसंस्कृति र परम्पराको संरक्षण  गर्न हामीलाई राजा चाहिएको छ । किनकी राजा त अहिले पनि राजा नै होइबक्सेको छ । सबै सुख सुुविधा रहे कै छ । राजाले चाहे कुनै पनि देशमा गएर आनन्दपुर्वक बस्न सक्नु हुन्छ । तर राजा गएको छैन । किनकी राजालाई देशको माया छ र जनताको दुख सुखमा साथ दिनु पर्छ र जनताले कुनै जिम्मेवारी दिए त्यसलाई पुरा गर्नु पर्छ भनेर यही बसिरहनु भएको छ । त्यसैले राजा हामी नेपाली जनतालाई चाहिएको हो । त्यसैले राजा ल्याउन र देशलाई जोगाउन हामी जनता नै सडकमा जानु पर्छ राजालाई पुनस्थापित गर्नु पर्दछ ।
Advertisements