खोज्नुहोस्

Buddhavaniweekly Newspaper

New's of Nepal

First blog post

हैसियत र योग्यता नभएका व्यक्तिहरुलाई नेता मानेर उनीहरुलाई हाम्रो प्रभु होस भनेर खुट्टा ढोग्ने

गजब छ बा नेपालीहरुको चालामाला देखेर पनि । होइन त्यो प्रचण्डको श्रीमती मोदीको दायाँ बसोस या बाँया, प्रचण्डलाई नमस्कार गरोस र खुट्टा नै ढोगोस । बस्दा खेरी खुट्टा माथि राखो या तल यति चसो र चर्चा परिचर्चा किन हँ ?

हैसियत र योग्यता नभएका व्यक्तिहरुलाई नेता मानेर उनीहरुलाई हाम्रो प्रभु होस भनेर खुट्टा ढोग्ने अनि योग्यता र क्षमता भएको देश र जनताको अभिभावक, राष्टिय एकताका प्रतिक राजसंस्था र राजालाई अपमान र बहिस्कार गर्नेहरु के मुखले यस्तो कुरा गर्दैछ । गधालाई बाधको छाला लगाउँदैमा गधा बाध बन्दैन भन्ने कुरा पनि बुझ्दैन ?

तसर्थ यस्ता अनावश्यक कुरामा समय बर्बाद गर्नु भन्दा यस्ता हैसियत र योग्यता नभएका दलाल गणतन्त्रवादीहरुको अन्त र राजसंस्थाको पुनस्थापित गर्ने कार्यमा लागेको भए यस्तो समय र दिन आउने नै थिएन ।

त्यसैले अब त होसमा आउ
गधाहरुलाई जतिसुकै बाधको छाला लगाए पनि अन्तमा उसको आवाज र स्वभाव कहिल्यै परिवर्तन हुँदैन । त्यसैले यस्ता योग्यता र हैसियत नभएका गणतन्त्रवादीहरुको अन्त र राजसस्थाको पुनस्थापित गर्ने कार्यमा आजै लागौं । सबैलाई चेतना भया ।

Featured post

राजालाई राजा बन्नु भन्दा पनि यो देशलाई बचाउन हामीलाई राजा चाहिएको छ ।

Bisanter shakya

नेपालको धर्म संस्कृति, परम्परामा राजाहरुको आस्था ,लगाब तथा यसको संरक्षणमा सदैब राजाको मात्र चिन्ता हुन्छ भन्ने कुरा नेवार समुदायको विशिष्ट तथा विश्व प्रशिद्ध पचली भैरबको मुर्ति ( गाग्रीमा भैरबको मुर्ति) निर्माण गरिबक्सेर देखाई बक्सेकोछ । प्रत्येक १२ बर्षमा पचली भैरब र राजा बिच खड्ग सात्नु पर्ने सदियौं देखि परम्परा समेत रहेको पचली  भैरबको मुर्ति पुरानो भई जिर्ण भएकोले राजा ज्ञानेन्द्रबाट ३० लाख रपैया खर्च गरि नयाँ मुर्ति निर्माण गराइक्सेर सम्पूर्ण नेवार समुदायको मात्र होइन अपितु समग्र धर्म,संस्कृति र परम्पराको समेत जर्गेना गरिबक्सेको छ । त्यो पनि देशमा राजतन्त्रलाई कमजोर बनाएर देशलाई गणतन्त्र घोषणा गरि राज्य चलाइरहेको समयमा । राजाले मेरो गद्दी छिने भनेर कुनै वैरभाव नराखी आफुले गर्नु पर्ने कर्तब्य हो । यो नेपालको धर्म संस्कृति र परम्परको संरक्षण गर्नु पर्दछ । यसलाई मास्न दिनु  हुँदैन भनेर जतिसुकै मुल्य परे पनि त्यसको कुनै परवाह नगरि काम गर्नु भनेको एउटा सच्चा र निस्वार्थ राजा बाहेक अरुले गर्ने सक्दैन ।
यति मात्र होइन ,राजा ज्ञानेन्द्रबाट जनताकोलागी, जनताको इच्छा र आदेश अनुसार भन्दै भगवान श्री रामले राजपात त्याग गरे झैं हाँसी हाँसी राजगद्दी परित्याग गरीबक्सेर विश्व इतिहास मै महान र त्यागी राजाको रुपमा परिचित भएका थिए । यस्ता त्यागी, धार्मिक राजालाई कमजोर बनाएकोले आज मुलुक पनि कमजोर बन्दै गएको छ । नेपालको धर्मसंस्कृति परम्परा जति पुरानो छ राजा, राजसंस्था र धर्मको सम्बन्ध पनि उत्तिकै पुरानो रहेको छ ।   राजा र धर्म संस्कृति परम्परा एक आपसका परिपुरकका रुपमा रहेको छ । राजा र धर्मको सम्बन्ध नंङ र मासुको सम्बन्ध झै रहेको छ । त्यसैले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकाको बिजय पछि नेवार समुदाय त्रसित भएर बाहिर ननिस्किरहेको समयमा नेवार समुदायका अगुवालाई दरवार बोलाए किन धरबाट बाहिर नआएको भनेर सोद्धा अगुवाले मार्छ कि भन्ने डरले भनी जवाफ दिए । राजाले ल भन तिमीहरु के चाहन्छौं र मैले के गर्नु पर्छ भनेर सोधे । अगुवाहरुले भने हाम्रो धर्म संस्कृतिको रक्षा होस त्यसलाई नमासियोस भन्दा राजाले तिमीहरुले चिन्ता लिनु पर्दैन म धर्मसंस्कृतिको संरक्षण गर्ने छु भन्दै कुमारीको हातबाट टिका थापेर बडामहाराजाधिराजले राज्य संचालन गरे । जुन अहिले सम्म निरन्तर चलिरहेको नै छ । यसरी राजा र धर्म बिचको सम्बन्ध आज २६० बर्ष बितिसक्दा पनि निरन्तरता रही रहनु भनेको राजाको धर्मप्रति लगाव, आस्था यसप्रति सर्मपण नै हो । पुर्खाको आस्था, लगाव र सर्मपणलाई वर्तमान राजा ज्ञानेन्द्रबाट पनि निरन्तरता दिइबक्सेको नै छ ।  आज मिडियामा आएकोले गर्दा राजा ज्ञानेन्द्रबाट पचली भैरबको मुर्ति निर्माण गरिबक्सेको भनेर थाहा पाए ।
मिडियामा  कुनै प्रचार नगरिकन  पनि हरेक आवश्यकता परेका मठमन्दिर निर्माणमा राजाबाट सहयोग र साथ दिइबक्सीरहेको छ भन्ने  कुरा त भद्रकाली मन्दिर, नक्साल भगवति, मरु गणेश, मछिन्द्रबहाल, रक्तकाली, शंकताको १२ बर्षे मेला जस्ता सर्यौ मठमन्दिरको पुननिर्माण तथा जात्रालाई  संचालन र संरक्षण गर्न चुपचाप आफ्नो कर्तब्य ठान्दै राजधर्मलाई निवार्ह गरिबक्सिरहेको छ ।  यसरी आफ्नो राजापाटलाई त्याग गरिसकेपछि पनि आफ्नो राजकीय धर्मलाई निरन्तरता दिनु सजिलो काम पक्कै होइन । त्यसमा पनि स्व. राजा बीरेन्द्रको नाउँमा रहेको जग्गा जमिन, शेयर, दरवार, बैक खाता सबै ट्रष्ट खोलेर गणतन्त्रवादी सरकारले लिएका छन् । स्व. राजा बीरेन्द्रको सम्पत्ति मात्रले नपुगेर गणतन्त्रवादीले नारायणहिटी दरवार त लिए लिए, त्यसको साथै, हिमाल र बसन्त सरकारको काजकृया बापट राजालाई प्राप्त भएको ताहाचलको घर, नेशनल ट्रेडिङ अगाडीको घर, कमलादी कम्प्लेक्स, महेन्द्र सरकारबाट आफ्नो रानी रत्नको नाउँमा बनाइ दिएको रत्नमन्दिर लिए त अहिले  राजा ज्ञानेन्द्रबाट छोरीलाई दाइजो रुपमा दिइएको अधिराजकुमारी प्रेरणाको घर समेत लिने प्रयत्नमा रहेको छ । यतिले पनि नपुगेर राजाको बैक खाता पनि रोक्का गरिराखेको अवस्था छ ।   यसरी सबैतिरबाट गणतन्त्रवादीहरुबाट आक्रमित  र पिडित भइरहेको समयमा पनि राजाबाट आफ्नो पीडालाई बिर्सदै जनताको चाहना र धर्म संस्कृतिको संरक्षणकोलागी भन्दै आफ्नो कर्तब्य पुरा गर्ने राजा ज्ञानेन्द्र जस्तो पाउनु सबै नेपालीहरुकोलागी अहोभाग्य नै हो । तर हिरालाई चिन्न नसक्ने र काँचलाई हिरा सम्झिने हामी नेपाली जनताको आफ्नै स्वभाले गर्दा दुख पाउन बाध्य भएका छौं र दुख पाइरहेको छौं ।
यसरी राजाले आफ्नो र पुर्खाको परम्परालाई निरन्तरता दिइरहँदा पनि कहिल्यै पनि राजाले शासनसत्ता चाहियो भनेर भनेन बरु उल्टै जनताको चाहना अनुसार म चल्ने छु । म बाँचुन्जेल यो देश र जनताको सेवा गर्नेछु भनेर कुनै राजनीतिक कार्य नगरि आफ्नो कर्तब्यलाई पालन गरिरहनु भएको छ। यसरी सहनता, देशभक्ति, धर्मसंस्कृति र जनताको प्रति अपार माया र स्नेह राख्ने राजा ज्ञानेन्द्र हामीलाई चाहिएको छ । यो देशलाई आवश्यकता छ । बिशेषत नेवार समुदायमा नै सबैभन्दा बढी धर्म, संस्कृति र परम्पराको खानी रहेको छ । गणतन्त्रको उदयसंगै राजालाई त कमजोर बनाए बनाए साथै नेवार समुदायको धर्म, परम्परा र संस्कृतिलाई पनि कमजोर समाप्त पार्ने कार्य तिब्र रुपमा बढी  रहेको छ ।  राजतन्त्रात्मक मुलुकलाई गणतन्त्रात्मक बनाउने बित्तिकै इन्द्रजात्रा बन्द गर्ने दुस्साहास समेत गरे । जसकोलागी नेवार समुदायले कयौ दिन सडक संघर्ष नै गर्नु पर्यो । के राजाको समयमा यस्तो घटना कहिल्यै भएको थियो ? छैन । किनकी राजाको समयमा कसैले पनि धर्म संस्कृति माथि आक्रमण गर्ने आँट नै थिएन । आज राजा नहुने बित्तिकै आँट गरे ।
आज ललितपुरको प्रशिद्ध कार्तिक नाच, अष्टमातृका नाच, भक्तपुरको पुलुकिसि नाचहरु आर्थिक अभावले बन्द हुने स्थितिमा पुगी सकेको छ । यो त ठुलो र चर्चित परम्परा भएकोले थाहा पाए तर चर्चामा नआएका तर नेवार समुदायको महान परम्परागत र सांस्कृतिक कार्यहरु कति बन्द  भए त्यसको त लेखाजोखा नै छैन ।  राजा जब शक्तिशाली थिए नेवार समुदाय पनि शक्तिशाली नै थिए तर जब राजा कमजोर भए नेवार समुदाय  र नेवार समुदायको धर्म, संस्कृति परम्परा पनि क्रमश कमजोर भन्दै गए । तसर्थ नेवार समुदायले आफ्नो धर्म संस्कृति, परम्परा र  पहिचानलाई बचाउने हो भने राजालाई पुन गद्दीमा राख्नु नै पर्छ । होइन भने यस्तै क्रम रहने हो भने राजा त गद्दी विहिन मात्र हुन्छ नेवार समुदाय त धर्म संस्कृति,परम्परा मात्र होइन आफ्नो अस्तित्व नै विहिन हुने अवस्था छिट्टै आउनेछ । किनकी स्थानीय समुदायको धर्म संस्कृतिमा अन्य समुदाय हावी भए भने उनीहरुले आफ्नो परम्परा र धर्मसंस्कृतिलाई महत्व दिन्छ स्थानीय धर्म संस्कृतिलाई महत्व दिदैन । तर राजाको कुनै धर्म संस्कृति हुँदैन सबै नेपालीको धर्म संस्कृति नै राजाको धर्म संस्कृति हुने भएकोले प्रत्येक समुदायको धर्म संस्कृतिको रक्षा राजाले मात्र गर्दछ र गरिरहेको पनि थियो र छ पनि । त्यसैले         राजा सबैको साझा भनिएको हो राजालाई अभिभावक भनिएको हो । त्यसैले राजा चाहिएको हो ।
जसको ताजा उदाहरण नेवार समुदायलाई कमजोर बनाउँदै लगेका गणतन्त्रवादीहरुले सबै नेपालीहरुको आस्थाका केन्द्र बिन्दु रहेको हिन्दुहरुको महान तथा पवित्र तिर्थस्थल पशुपतिनाथ मन्दिरमा समेत पुजारी फेर्ने निहुँमा पशुपतिनाथ मन्दिरको  परम्परा र संस्कृतिलाई समाप्त गर्ने षढयन्त्र गरे यसको विरुद्ध पनि नेपाली जनता सडकमा संर्घष गर्नु पर्यो । भनिन्छ कुनै पनि देशलाई समाप्त गर्ने हो भने त्यस देशको पहिचानलाई समाप्त गर्नु पर्छ । यसै भनाईलाई अनुशरण गर्दै गणतन्त्रवादीले नेपाल र नेपालीको पहिचान धर्म, संस्कृति परम्परालाई समाप्त गर्ने प्रयास दिनपरदिन गर्दैछ । किनकी यी गणतन्त्रवादीलाई न त देशको माया न त देशको पहिचान बस उनीहरुलाई सत्ता र भत्ता मात्र चाहिएको छ । त्यसकोलागी जे पनि गर्न तयार छन् भन्ने कुरा माथि उल्लेखित कुराले नै स्पष्ट गरिसकेको छ ।  राजा ज्ञानेन्द्रबाट अहिले जति पनि धार्मिक कार्यलाई निरन्तरता दिइबक्सिरहेको छ, त्यो कुनै राजनीतिक स्वार्थकोलागी होइन किनकी राजनीतिक स्वार्थकोलागी भए राजाले मठमन्दिरमा होइन, दलहरुले झैं गुण्डा पाल्ने, जनतामा भ्रमको खेति गर्ने , समाजमा फुट गर्ने , दलहरुको बदनाम गर्ने, तथा विदेशी शक्तिहरुसंग दल झैं लम्पसार पर्ने काम गर्थे होला । तर राजाले त्यसो गरेनन बरु चुपचाप सामान्य नागरिक भै जीवन बिताइरहे ।  तसर्थ राजाको सदैब स्वार्थ र चाहना भनेको आफु राजा रहे पनि नरहे पनि देश र जनताको सुखदुखमा साथ, धर्म संस्कृति तथा परम्पराको संरक्षण गर्नकोलागी मात्र हुदोरहेछ भन्ने कुरा राजाबाट विभिन्न समयमा काठमाडौं बाहिर गएर मठमन्दिरको पुजा अर्चना मात्र होइन त्यसको संरक्षणकोलागी आर्थिक सहयोग गर्नु, जनताको दुखमा साथ दिनु , जनताको दुख एवं पिरमर्का बुझ्नु र सोही अनुरुप सहयोग गर्नु रहेको छ भन्ने कुरा त भुकम्पमा गणतन्त्रवादीहरुको अवरोध   हुँदा हुँदै   पनि  आफु स्वंय नै उपस्थित भएर राहतको सामाग्री वितरण गर्नु र हिमानी ट्रष्ट मार्फत निरन्तर सेवा गरीरहेको कार्यले पनि सिद्ध गरिसकेको छ । यसरी जनताको प्रत्येक पलपलमा साथ दिने राजा हाम्रो आवश्यकता र माग हो । राजालाई राजा बन्नु भन्दा पनि यो देशलाई बचाउन र  नेपाल र नेपालीको पहिचान यसको धर्मसंस्कृति र परम्पराको संरक्षण  गर्न हामीलाई राजा चाहिएको छ । किनकी राजा त अहिले पनि राजा नै होइबक्सेको छ । सबै सुख सुुविधा रहे कै छ । राजाले चाहे कुनै पनि देशमा गएर आनन्दपुर्वक बस्न सक्नु हुन्छ । तर राजा गएको छैन । किनकी राजालाई देशको माया छ र जनताको दुख सुखमा साथ दिनु पर्छ र जनताले कुनै जिम्मेवारी दिए त्यसलाई पुरा गर्नु पर्छ भनेर यही बसिरहनु भएको छ । त्यसैले राजा हामी नेपाली जनतालाई चाहिएको हो । त्यसैले राजा ल्याउन र देशलाई जोगाउन हामी जनता नै सडकमा जानु पर्छ राजालाई पुनस्थापित गर्नु पर्दछ ।

गणतन्त्रवादीहरुले नै राजतन्त्रको पुनस्थापित भएको घोषणा गर्नु पर्दछ ।

88946583-900x450
Gyanendra Bir Bikram Shah Dev, King of Nepal during his Coronation ceremony in Nepal ( Neighbours, News Profile )

सामाजिक संजालमा अहिले २ वटा कुरा अत्यन्त तिब्र रुपले भाइरल भइरहेको छ । त्यो हो प्रचण्डले राजा ज्ञानेन्द्रबाट चीन र भारतमा गएर षडयन्त्र गदैैछ र राजा ज्ञानेन्द्रबाट राजसंस्था पुनस्थापित गर्न युवराज्ञी हिमानीसंग मिलेर चीन र भारतका नेताहरुसंग अन्तिम प्रयास भनेर ।
कुरा जे भए पनि राजाको सिंगापुर भ्रमणको केही समय पछि नै केपी ओलीले राजा ज्ञानेन्द्र विदेशमा के गर्दैछ भन्दै प्रचण्डलाई राजा ज्ञानेन्द्रको भ्रमणको जानकारी माग्नु र प्रचण्डले राजा ज्ञानेन्द्रबाट षडयन्त्र गर्दैछ भनेर भन्नु कुनै संयोग मात्र नभए गणतन्त्रवादीहरुले पनि नेपालमा राजसंस्था पुनस्थापित हुदैछ भनेर विश्वास गरेको स्पष्ट रुपमा बुझ्न सकिन्छ ।
किनकी राजाको विदेश भ्रमण यो पहिलो पटक होइन राजा समय समयमा विदेश भ्रमणमा जानु हुन्छ कहिले एक्लै त कहिले युवराज्ञी हिमानीसंग त कहिले सपरिवार नै जानु हुन्छ । यसरी राजा आफ्नो नियमित विदेश जाने क्रममा सिंगापुर जानु हुदा आफुलाई गणतन्त्रका निर्माता मान्ने प्रचण्ड र आफुलाई कट्टर राष्टवादी भन्न रुचाउने केपी ओली जस्ता नेताहरु राजाको वर्तमान भ्रमणबाट त्रसित हुनुको स्पष्ट तात्पर्य नेपालमा राजतन्त्र पुन स्थापित हुदैछ भन्ने झनक पाएर नै हो ।
०६२ र ०६३ को आन्दोलनमा राजासंग सहमति गरेर राजालाई नै घोका दिएका यी गणतन्त्रवादीहरुसंग राजा रुष्ट अवश्य नै छ भन्ने कुरा त राजाले समय समयमाः मेरो र दलहरुको बिचमा के कस्ता सहमति भए त्यसको जानकारी भएका नेताहरु अहिले पनि ज्युदै छ भनेर भन्नु भएको छ । साथै राजाले समय समयमाः देश र जनताले मागेको र चाहेको समयमा म देश र जनताको सेवा गर्न सदैब तयार र तत्पर छु भनेर भन्नु भएको छ । यसरी राजाले सभ्य र शालिन तरिकाबाट दलहरुलाई सम्झाउँदा पनि उल्टै राजालाई नै नानाथरि गाली गरौज मात्र गरे । तर पनि राजाले आफ्नो शालिनतलाई छाड्नु भएन ।
तर सहनताको पनि सीमा हुन्छ । राजाको चाहना सदैब देशको रक्षा र जनताको समृद्धी होस भन्ने नै हो । जुन कुरा राजा ज्ञानेन्द्रबाट राजगद्दी नै विना अवरोध परित्याग गरे देखाउनु भएको थियो । तर राजाको यो सहनता, शालिनता र र देशभक्ती भावना तथा देश र जनताप्रति अपार लगाब एवं प्रेमलाई राजाको कमजोरी सम्झेर यी गणतन्त्रवादीहरुले देश र जनतालाई बर्बाद गर्ने मात्र होइन देशको अस्तित्वलाई नै धरापमा पार्न थाले पछि केही समय अगाडी राजाबाट गणतन्त्रवादी सत्ताधारीलाई ७ प्रश्न सहित आफुलाई सुधार्न आह्वान गर्नु भएको थियो । तर गणतन्त्रपवादीहरुले राजाको आह्वानलाई कानमा तेल हालेर बसे ।
त्यसको लगत्तै राजाबाट पहिलो पटक सार्वजनिक रुप मै वनकालीबाट दलहरुलाई देश र जनतालाई बर्बाद नगर्न चेतावनी दिनु भयो । साथै राजाले आफ्नो भूमिका अब आवश्यक रहेको र आफ्नो भूमिका प्रदान गर्न निर्देशन दिनु भयो र यसो नगरे विद्रोह हुने चेतावनी दिनु भएको थियो । तसर्थ आज राजाको अहिलेको विदेश भ्रमण गणतन्त्रवादीहरुको अन्त र देश र जनतालाई मुक्त गर्नेकडीको रुपमा हेर्न सकिन्छ । किनकी अब पनि राजाले यस्तो कदम नचाले यो देश रहनै नसक्ने अवस्थामा पुगी सकेको छ । त्यसैले राजाबाट आफ्नो राजधर्मलाई निर्वाह गर्नु आवश्यक थियो जुन राजाबाट भयो ।
यसको अर्थ होइन की राजाले पनि दलहरुले भारतमा गएर १२ बुँदे सहमति गरे जस्तो सहमति गर्न जानु भएको हो । राजाको विदेश भ्रमण यसकारण आवश्यकता थियो कि राजा र राजतन्त्र विरुद्ध गणतन्त्रवादीहरुले चीन, भारत लगायत विदेशी राष्टमा राजा राजसंस्थाप्रति भ्रम फैलाइएको थियो । जसलाई चिर्नु अत्यन्त आवश्यक छ । जसकोलागी स्वयं राजाबाट नै प्रयास र पहल गर्नु आवश्यक थियो । त्यहि आवश्यतालाई परिपुर्ति गर्न राजाबाट प्रयास र पहल भएको हामीले बुझ्न सकिन्छ ।
तसर्थ नेपालमा राजसंस्थाको पुनस्थापना विदेशीबाट होइन नेपाली जनताले नै गर्नेछ । किनकी नेपाली जनता विगतमा गणतन्त्रवादीहरुको भ्रममा परेको थियो । तर अब घर घरमा ,चोक चोकका राजा आउनु पर्छ राजा बिना यो देश रहदैन भनेर भन्न थालेका छन् । साथैे नेपाली जनता जतिसक्यो त्यत्ति छिटो नेपालमा राजसंस्था पुनस्थापित हुनुपर्छ भन्ने मानसिकतामा रहेको छ ।
तर सबैको मनमा राजा आउनु पर्छ राजसंस्था पुनस्थापित हुनु पर्छ भन्ने मानसिकता रहे पनि किन पुनस्थापित भएन र कसरी राजसंस्था पुनस्थापित हुन्छ भन्ने प्रश्न पनि त्यत्ति कै रहेको छ । यसको सरल र सटिक उत्तर भनेको पहिलो गणतन्त्रवादीहरुले जुन राजनीतिक निर्णयबाट राजतन्त्रलाई हटाएर गणतन्त्रको घोषणा गरिएको हो त्यही प्रकृया अर्थात यी गणतन्त्रवादीहरुले नै राजतन्त्रको पुनस्थापित भएको घोषणा गर्नु पर्दछ ।
तर यी गणतन्त्रवादीहरुले सत्ता र भत्ताकोलागी राजा, देश र जनतासंग गद्दारी गरिएको थियो । त्यही सत्ता भत्ता गुम्ने काम यी गणतन्त्रवादीलाई गर्न कथिन हुनेछ । त्यसैले राजाको विदेशी यात्राको एउटा पहल यी दलालहरुलाई दवाब दिनु पनि हो । राजाको प्रयासले कत्तिको सफलता प्राप्त हुनेछ त्यो त केही दिनमा नै स्पष्ट हुन्छ । किनकी दवाव यी गणतन्त्रवादीहरुलाई आइसकेको कुरा केपी र प्रचण्डको माथि उल्लेखित कुराले नै स्पष्ट गर्दछ ।
अब दोश्रो विकल्प भनेको नेपाली जनताले सडकमा आएर दवाव सिर्जना गर्नु हो । जुन अत्यन्त उपयुक्त र सहि माध्यम पनि हो । किनकी हिजो राजालाई हटाउँदा नेपाली जनतासंग सोधेको थिएन । तसर्थ नेपाली जनताले हामीलाई राजतन्त्र चाहियो भनेर जुन दिन सडकमा ओर्लिन्छ त्यही दिन राजतन्त्रको पुनस्थापित हुन्छ । त्यसैले सबैभन्दा महत्वपुर्ण जिम्मेवारी नेपाली जनतामा रहेको छ कि राजतन्त्रलाई कहिले सम्ममा पुनस्थापित गर्ने भनेर ।
महत्वपुर्ण कुरा के रहेको छ भने विदेशीहरु जो गणतन्त्रवादीहरुलाई साथ दिइरहेका छन् तीनीहरु पनि यीनिहरुबाट मुक्त हुन चाहन्छ र राजतन्त्रको साथमा काम गर्न चाहन्छन । तर सत्ताको बागदोर त यी गणतन्त्रवादीहरु कै हातमा छन् । त्यसैले उनीहरुले दवाव दिन सकिन्छ अरु केही पनि गर्न सकिन्न । गर्न सकिन्छ त नेपाली जनताले मात्र । जसरी ०६२ मा दलहरुले भ्रममा पारे र नेपाली जनता सडकमा ओर्ले त्यसरी राजाको पक्षमा जनता ओर्लुनु पर्छ ।
अब प्रश्न आउँछ कसरी आउँछ त जनता सडकमा ? सम्पूर्ण देश राजामय हुँदा पनि जनता राजसंस्था पुनस्थापितकोलागी सडकमा आउन नसक्नु मुल कारण सहि नेतृत्वको अभाव नै हो । समस्या कहाँतिर छ भने नयाँ नेतालाई जनताले नपत्याउनु पुराना नेताहरु विश्वासघात र गद्दार छन् । त्यसैले नेपाली जनताले नयाँ नेतृत्व जो देशभक्त , राजभक्त सबल र सक्षम छ त्यसलाई विश्वास गर्नु पर्यो र साथ दिनु पर्यो ।
अन्तमा राजा पनि नेपालीबाट आह्वान होस भन्ने चाहना राख्नु भएको छ । जनताको पखाईमा रहेको छ । तसर्थ जनता सडकमा नआए राजा आउँदैन भन्ने होइन । राजतन्त्र त पुनस्थापित हुन्छ नै यसलाई कसैले रोक्न सकिन्न । कुरा यति मात्र हो कि नेपाली जनताबाट राजसंस्थालाई पुनस्थापित गर्ने कि विदेशीहरुको साथ र सहयोगमा पुनस्थापित गर्ने ? नेपाली जनताबाट पुनस्थापित गर्ने हो भने आजै सडकमा आउनु पर्यो राजतन्त्रको माग सहित, होइन विदेशीहरुको साथ र सहयोगमा पुनस्थापित होस भने अहिले झैं मौन बस्नु पर्यो । निर्णय नेपाली जनताको हातमा ।
बिसन्तर शाक्य, अध्यक्ष राजसंस्था पुनस्थापना संघर्ष समिति

राजा ज्ञानेन्द्रबाट नयाँ पचली भैरबको मुर्ति निर्माण गरिबक्स्यो

नेवार समुदायको महत्वपुर्ण तथा विश्वप्रशिद्ध पचली भैरबको (गाग्रीमा भैरबको मुर्ति) मुर्ति पुरानो भई छेटविछेट भएकोले सो मुर्ति नयाँ बनाउन राजाबाट सम्पूर्ण खर्च ब्यहोरीबक्सी छ । राजाबाट पुननिर्माण गरिएको सुन जलप भएको सो पचली भैरब पहिला गाग्रीको रुपमा मात्र रहेकोमा राजाबाट गाग्रीमा पुर्ण कदको भैरबको मुर्ति समेत निर्माण गराई राखीबक्सेको छ । यसको यस महान धार्मिक कार्यले प चली भैरबको सदियौ देखिको परम्परामा नयाँ आयाम थपिबक्सेको छ । राजाबाट नवनिर्मित सो पचली भैरबको मुर्ति विशेष समारोहका बिच राजा ज्ञानेन्द्र स्वयं उपस्थित होइबक्सेर विशेष पुजा गरि यही १६ गते मुर्तिको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसकोलागी बुधवार बाजागाजा सहित पचली भैरब गुठीका जयराम मल्ल तथा भारत माली लगायत जात्रा ज्यवस्थापन समितिले निर्मल विनासमा गई राजालाई निमन्त्रणा चढाइएको थियो । प्रत्येक १२ बर्षमा राजा र पचली भैरबको तरवार साटासाट गर्नु पर्नेै परम्परा रहेको छ ।

जुन राजसंस्थालाई धर्म विरोधी, नेवार विरोधी भनेर अपमान गरी गणतन्त्र को स्थापना गरे तिनै गणतन्त्रवादीहरुले नेवार समुदायको धर्मसंस्कृतिलाई मास्ने काम गरिरहेको बेला नेवा विरोधी , धर्म विरोधी भनिएका राजाबाट नै नेवार सुमदायको प्रमुख एवं अतिमहत्वपुर्ण मुर्तिको नव निर्माण गरिबक्सेको छ ।

यसबाट यो स्पष्ट हुन्छ कि राजा सदैब देश र जनताको हुन्छ । चाहे जनताले जतिसुकै अपमान गरोस जनताको धर्म संस्कृतिप्रति राजाको लगाव, प्रेम र सद्भाव सधै. कायम हुन्छ भन्ने कुरा पचली भैरबको मुर्तिको नव जिर्माण मात्र होइन यसको विशेष पुजा अर्चना स्वयंबाट गरिबक्सने कुराले पनि स्पष्ट गर्दछ ।

नेपालीहरुले नयाँ नेपाल बनाउँछु भन्ष्यो भन्दै देश नै सुम्पिएका दलाल गणतन्त्रवादीहरु धर्मसैस्कृति मात्र होइन नयाँ नेपालको नाउँमा देशलाई समाप्त गर्दैछ । अर्को तर्फ जनताबाट अपहेलित र अपमानित हुँदा पनि देश र जनताकोलागी मरिहत्ते गरि काम गर्ने राजा ज्ञानेन्द्र रहेको छ ।

तसर्थ अब त जाग र बुझ देशकोलागी यी दलाल धर्म संस्कृति विरोधी एवं जनतामारा देशमारा गणतन्त्रवादीलाई अन्त गरि देश र जनताको अभिभावकर रक्षक राजसंस्थालाई पुनस्थापित गर्न । किनकी अब पनि जागेन भने नेपालको अस्तित्व समाप्त हुन अब धेरै समय लाग्ने छैन । सबैलाई चेतना भया ।
जय देश जय नरेश

793ea701476d5db2a4fd8cf1e0bf5880_xl1crown

Blog post title

This is an additional placeholder post. Click the Edit link to modify or delete it, or start a new post.

Blog post title

This is an additional placeholder post. Click the Edit link to modify or delete it, or start a new post.

Create a free website or blog at WordPress.com.

Up ↑